देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शालिन पोखरेलको मृत्यु झुन्डिए भएको अस्पतालको रिर्पोट

देशान्तर

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले बालिका शालिन पोखरेलको मृत्यु ‘ह्याङ्गिङ’ झुन्डिए भएको जनाएको छ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी थिइन् । उनको हत्याको कारण ‘ह्याङ्गिङ’ देखिएको शिक्षण अस्पतालले खुलाएको हो । शालिनको पोस्टमार्टम रिपोर्ट अस्पतालले चितवन प्रहरीलाई पठाएको छ ।


शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत छात्रा शालीन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको परिवारले भने शालिनको बलात्कार पछि हत्या गरिएको भन्दै निष्पक्ष छानबिनका दबाब सृर्जना गरिरहेका छन् । परिवारकै उजुरीका आधारमा प्रहरीले स्कुलका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई पक्राउ गरेको थियो ।