देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बस्नेत वाटिकामा सर्वसम्मत चयन

देशान्तर


भक्तपुर । गणेशमान स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिको हिजो शनिबार सम्पन्न २६औं वार्षिक साधारणसभा तथा अधिवेशनले दोस्रो कार्यकालका लागि माथवरसिंह बस्नेतलाई नै पुनः सर्वसम्मत सभापतिमा चयन गरेको छ । संस्थाका ६६ आजीवन सदस्य र २४ संस्थापक सदस्य रहेकोमा उपस्थित बहुमत सदस्यले बस्नेतलाई चयन गरेका हुन् । वाटिकाको विधानमा सभापतिको मात्र निर्वाचन हुने र कार्यसमिति सभापतिले नै मनोनयन गर्ने प्रावधान रहेको निर्वाचन समितिले जानकारी गराएको थियो । बस्नेत जनआन्दोलनका सर्वाेच्च कमान्डर एवं नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका निकट र उनको आत्मकथा ‘मेरा कथाका पानाहरूका’ लेखकसमेत हुन् ।


साधारणसभामा महासचिव कृष्णमुरारी न्यौपानेले संस्थाको कार्यप्रतिवेदन र कोषाध्यक्ष श्रीकृष्ण राउतले आर्थिक प्रतिवेदन पेस गरेका थिए । सचिव पूर्ण विशखेंले सञ्चालन गरेको कार्यक्रममा वाटिकाका सदस्य विदुरमानसिंह बस्नेतले स्वागत गरेका थिए । सोही कार्यक्रममा संस्थाका आजीवन सदस्यहरूलाई सभापति बस्नेतले फ्रेमसहितको आजीवन सदस्यता वितरण गरेका थिए ।