देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ यू–१६ महिला फुटबल: बंगलादेशसँग नेपाल पराजित

देशान्तर

काठमाडौँ । नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगालदेशसँग हार बेहोरेको छ ।ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरेकी थिइन् । 

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको थियो ।अब प्रतियोगिताको अर्को खेल सोमबार भुटान र नेपालको भिडन्त हुने छ ।