देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केपी ओली कपको फाइनल खेल आज

देशान्तर

काठमाडौं । नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कप फुटबलको उपाधि भिडन्त आज हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेदेखि सुरु हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र न्यूरोड टिम एनआरटी आमने सामने हुने छन् । 

सेमिफाइनलमा मच्छिन्द्रले भारतको भानेभञ्ज्याङ एफसीलाई ५–० गोलको एकतर्फी जित निकाल्दै फाइनलमा स्थान बनाउँदा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० को सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको उपाधि विजेताले ११ लाख तथा उप विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल अघि दिउँसो २ बजेदेखि दशरथ रंगशालामा सांगीतिक प्रस्तुती पनि हुने छ ।