देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ यू–१६ महिला फुटबलः नेपालले बंगलादेशसँग खेल्दै

देशान्तर

काठमाडौं । राजाधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।

च्यासल मैदानमा नेपालले आज दिउँसो ३ बजे पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो ।

साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बंगलादेशसहित चार टिमले सहभगीता जनाएका छन् । राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । 

नेपाली टिमः

गोलरक्षकः रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान  र लक्ष्मी ओली ।

स्ट्राइकरः पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।

मिडफिल्डरः भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ ।

डिफेन्डरः दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।