देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वायुसेवा निगम सुधार कार्यान्वयन सिफारिस समितिले बुझायो प्रतिवेदन 

देशान्तर

काठमाडौं । पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वमा बनेको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन गर्न बनेको अर्को समितिले चौथो प्रतिवेदन बुझाएको छ । क्षेत्री नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वमा बनेको समितिले बिहीबार चौथो प्रतिवेदन बुझाएको हो ।

समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दिपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरूपमा प्रतिवेदन बुझाएको हो ।

समितिले बुझाएको प्रतिवेदनमा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने,सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने , निगमलाई आर्थिक रूपले प्रभावकारी बनाउन सोल्टी होटेलको सेयर बिक्री गर्ने र निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने उल्लेख गरिएको छ । प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिएका छन् ।