देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाफ च्याम्पियनसिप : नेपाल र जोर्डनबीच आज उपाधि भीडन्त

देशान्तर

काठमाडौं । पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपालले बलियो प्रतिद्वन्द्वी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ । सातौं संस्करणसम्म आइपुग्दा जोर्डनले पाँच पटक उपाधि जितेको छ भने डिफेन्डिङ च्याम्पियन पनि हो । नेपाल भने पहिलो पटक फाइनलमा पुगेको हो ।

जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाल र जोर्डनबीच्को खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ ।

तर, आजको खेलमा नेपालकी गोलमसिन सावित्रा भण्डारी साम्वा भने हुने छैनन् । उनी क्लब फुटबलका लागि फ्रान्स फर्कि सकेकाले त्यसको असर नेपाली टिममा पर्ने छ ।

सेमिफाइनलसम्म खेलेकी सावित्राले सबै चार खेलमा ९ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । नेपालले सेमिफाइनलमा लेबनानविरुद्ध २-१ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो भने जोर्डनले प्यालेस्टाइनमाथि ५-० को एकतर्फी जित निकालेको थियो ।