देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले आगामी केन्द्रीय कार्यसमितिबाट उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको छ । केन्द्रीय समिति बैठक फागुन मसान्तमा बस्ने तयारी छ । बैठकले इलाम—२ र बझाङ प्रदेश (१)को उम्मेदवार टुंगो लगाउने कांग्रेसले जनाएको छ ।
निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)को उपनिर्वाचनका लागि २०८१ वैशाख १५ मा मिति तोकेको छ । त्यसका लागि चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।
उपनिर्वाचनमा दुवै ठाउँका काँग्रेस आफ्नै उम्मेदवार खडा गर्ने तयारीमा छ ।