देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 प्रहरीद्वारा शर्मिला वाइबा पक्राउ

देशान्तर

काठमाडौं । प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरीले वाइबालाई बाह्रबिसेबाट पक्राउ गरेको हो ।

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी वाइबालाई काठमाडौं पठाउने तयारी सिन्धुपाल्चोक प्रहरीले गरेको छ । म्याकुरी र उनकी श्रीमतीबीचको विवादमा वाइबाले श्रीमतीलाई उचालेर कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।