देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले सरकार फेर्ने र बद्लने गठबन्धनको खेलमा छैन :ओली

देशान्तर

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार फेर्ने र बद्लने गठबन्धनको खेलमा नलागेको बताएका छन् । एमाले अहिले मिसन ८४ मा लागेको उनले बताए ।

विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले कांग्रेस सरकार सत्तामा पुग्ने र टिकाउने खेलमा मात्रै लागेको आरोप लगाए । कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको उनको आरोप रहेको छ । ओलीले गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिँदै फुट्ने बताए ।
उनले भ्रष्टाचार र विभिन्न मुद्दामा जोडिएका मन्त्रीहरूले राजीनामा दिनु पर्ने बताए ।