देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले ओढाए भक्तराजको पार्थिव शरीरमा राष्ट्रिय झन्डा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर श्रद्धाञ्जली प्रकट गरेका हुन् । प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू श्रद्धाञ्जली दिन प्रतिष्ठान पुगेका थिए ।

आचार्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ । उनको हिजो दिउँसो ८१ वर्षाको उमेरमा निधन भएको थियो ।