देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भजन शिरोमणि वरिष्ठ गायक भक्तराज आचार्यको निधन

देशान्तर

काठमाडौं । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार हरि लम्सालले जानकारी दिएका छन् । आचार्यको गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो तर स्वास्थ्य अबस्था सामान्य नै थियो ।


लम्सालका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लगेका थिए । आचार्यको पार्थिव शरीरलाई भोलि बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।
आचार्य स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, लगायत गीत लोकप्रिय छन् ।