काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमार्फत ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई घर नै पठाएर अनुसन्धान गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले ‘आसनको दायाँ बसेको’ भनी हेर्न नहुने टिप्पणी गरे ।
महामन्त्री थापाले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाहरुलाई मात्रै नभई सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन् ।
केही दिनयता संसद् बैठकमा एकार्कालाई दागी देखाउने काम भएकाले मूल विषय छायामा परेको उनको भनाई थियो ।
उनले प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको दोहोरी अन्त्य गर्नका लागि आरोप लागेकाहरूमाथि छानबिन अगाडि बढाउनुपर्ने बताए ।
प्रतिक्रिया