देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यबीच परिचयात्मक भेटघाट

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका छन् । आइतबार सिंहदरबारमा कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यबीच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
राष्ट्रियसभा र समितिहरूमा सहभागिता जनाएर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । यसैगरी नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको भन्दै पार्टीहरूलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए । कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

सिंगो राष्ट्रलाई एकतावद्ध गरेर बलियो राष्ट्र निर्माण गर्नुपर्ने भन्दै त्यसका निम्ति पार्टीभित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्ने सिटौलाले आवश्यकता औंल्याए ।