देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपन्यास ‘कालो सूर्य’को चित्रकला प्रदर्शनी

देशान्तर

काठमाडौं । विश्वका विभिन्न १४ भाषामा प्रकाशित वरिष्ठ उपन्यासकार, लेखक एवं साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास “कालो सूर्य”को चित्रमा प्रदर्शनी सम्पन्न भएको छ । फागुन ८ देखि फागुन १२ गतेसम्म नेपाल आर्ट काउन्सिलमा भएको प्रदर्शनी फेरी आगामी चैत ३ देखि ९ गतेसम्म ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा हुनेछ । अब विश्वका जो सुकैले पनि चित्रमार्फत भ्रष्टाचारविरुद्धको भाव बुझ्न सक्नेछन् ।

साहित्यकार जङ्गमको भ्रष्टाचारसम्बन्धीको उपन्यास ‘कालो सूर्य’ (२०३६) माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी काठमाडौंमा सुरु भएको हो । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावहरुलाई २५ चित्रमा उतारेकी छन् । उनले भ्रष्टाचारका विषयमा लेखिएको उपन्यासका घटना–परिघटनालाई चित्र बनाएर पस्किएकी छन्, जुन १५ भाषामा प्रकाशित भइसकेको उपन्यासलाई उनले अब भाषाविहीन बनाइदिएकी छन् । Anticorruption Academy ले आयोजना गरेको सो विश्व प्राज्ञिक आकाशमा कला र साहित्यको सङ्गम (A fusion of Art and Literature) को उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपती नारदमणि हार्तम्छाली र पूर्व कुलपति वरिष्ठ चित्रकार रागिनी उपाध्यायले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कुलपति नारदमणि हार्तम्छाली, पूर्व कुलपति रागिनी, कलाकार इन्दू पन्त र साहित्यकार भरत जंगमले आआफ्नो मन्तव्य राखेका थिए ।

पूर्वकुलपति उपाध्ययले कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ र सर्जक भरत जङ्गमको ‘सेतो सूर्य’ले एउटै कुरा बोलेको र प्रख्यात रहेको सुनाउँदै भ्रष्टाचार नियन्त्रणका लागि सुरुमा आफैँलाई सफाइ गर्नुपर्ने बताइन् । त्यस्तै कुलपति हार्तम्छालीले कालो सूर्यले विश्वव्यापी रुपमा प्रभाव पारेको र नेपालीत्वको परिचय पनि विश्वमा पुर्याउन सफल भएकामा प्रशंसा गरे । चित्रकार पन्तले कलामार्फत जीवन्त बनाएको बताउँदै उनले भनिन्, “भरत जङ्गमको लेखन र इन्दुको रेखा र चित्र छन्, तिनले विश्वमै भ्रष्टाचारविरुद्धको कुरा बोलिरहेको छ, उपन्यासलाई कलाले झन् जीवन्त पारिदिएको छ ।” चित्रकार इन्दु पन्तले सर्जक जङ्गमगमले २०३६ सालमा लेखेको कालो सूर्य उपन्यास अहिलेसम्म १५ भाषामा प्रकाशित भइरहेको र त्यही पुस्तकलाई चित्रात्मक रुपमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन् ।