देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी पुरुष प्रिमियर कपमा नेपाल समूह ए मा, खेल तालिका सार्वजनिक

देशान्तर

काठमाडौँ। एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरिएको छ । ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिँदै छन् । जसमा समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यसैगरी समूह बी मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।

एसीसी प्रिमियर कपमा कम्बोडिया र साउदी अरेबिया एसीसी मेन्स च्यालेन्जर्स कपबाट छनौट भएर आएका हुन् भने अन्य ८ देश आईसीसी टी-२० वरीयताका आधारमा प्रिमियर कप खेल्ने भएका हुन् ।    समूह ए मा रहेको नेपालले पहिलो खेल अप्रिल १२ मा मलेसियासँग खेल्ने भएको छ । त्यस्तै नेपालले दोस्रो खेल अप्रिल १३ मा कतारविरुद्ध खेल्नेछ भने तेस्रो खेल अप्रिल १५ मा हङकङविरुद्ध खेल्नेछ ।

त्यसैगरी नेपालले आफ्नो अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ ।समूह चरणका खेलपछि दुवै समुहका शिर्ष २-२ देश सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ मा हुनेछ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे समेत राखिएको एसीसीले जनाएको छ । एसीसी प्रिमियर कपको विजेताले २०२५ को एशिया कपमा छनौट हुनेछ ।