देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले दियो नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य

देशान्तर

काठमाडौं। आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गत जारी पहिलो त्रिदेशीय एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन बनाएको हो ।

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए। आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन्। गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे ।