देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गंगा नुहाउन गएका तिर्थयात्री बाेकेकाे ट्याक्टर तालमा खस्दा १५ को मृत्यु

देशान्तर

काठमाडौं । । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार  सो दुर्घटना  परी  मृत्यु हुनेको संख्या बढ्न सक्छ ।  जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारणा यस दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाएका हुन ।

यस दुर्घटनामा ठूलो संख्यामा मानिसको ज्यान गएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन् । ४ बालबालिकालाई गम्भीर अवस्थामा अस्पताल पठाइएको छ । दुर्घटनामा परी ट्याक्टरमा सवार सबै जैथरा थानाको छोटा कासा गाउँका बासिन्दा हुन् । माघ पूर्णिमाको अवसरमा यी मानिसहरू कासगञ्जको पटियालीस्थित कादरगञ्ज गंगाघाटमा गंगा स्नान गर्न गइरहेका थिए। 

यो दर्दनाक दुर्घटना दरियावगञ्ज पटियाली सडकको गढई गाउँ नजिक भएको हो । उद्दार र उपचार दुवै जारी रहेको स्थानिय प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।