देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

देशान्तर

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छन् । उनले शुक्रबार बिहान अमेरिकाको कोलोराडो शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । उनले छोरी र श्रीमान् बलराम शाही ठकुरीसँगको केही तस्वीर सामाजिक सञ्जालमा राख्दै रेखाले आफू आमा बनेको जानकारी दिएकी छन् ।

उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी उल्लेख गरेकी छन् ।
उनि पहिलो सन्तानलाई जन्म दिन रेखा गत मंसिरमा श्रीमानको साथमा अमेरिका उडेकी थिइन् । उनी अभिनीत फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । २०७८ सालको माघ अन्तिममा रेखाले शाहीसँग कानुनी विवाह गरेकी थिइन् ।