देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेदरल्याण्डसमाथि नामिबियाको २४ रनको जित

देशान्तर

काठमाडौँ, । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो । नामिबियाले दिएको २०४ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४३.५ ओभरमा अल आउट हुदै १७९ रन मात्र बनाए पछि खेल २४ रनले हारेको हो ।    

टियु मैदानमा लिग-२ को यस सिरिजमा पहिला ब्याटिंग गरेर जित हासिल गर्ने नामिबिया पहिलो देश बनेको छ । यस अघिका यस लिगका सबै खेलमा पहिला ब्याटिङ  गर्ने देशले हार बेहोरेका थिए । टस खेलमा यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको थियो ।

यो नामिबियाको लिग-२ को यस सिरिजमा चौथो खेलमा तेस्रो जित हो । ४ खेलमा ३ जितसहित नामिबियाको ६ अंक भएको छ र लिग-२ को पहिलो सिरिज पनि जितेको छ । त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ । अब यस सिरिजको अन्तिम खेलमा आइतबार नेदरल्याण्डसले नेपालको सामना गर्दै छ ।