देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नामिबियाद्वारा नेदरल्यान्ड्ससामु २ सय ४ रनको लक्ष्य

देशान्तर

काठमाडौ । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आफ्नो चौथो खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २ सय ४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारे पछि ब्याटिङ शुरु गरेको नामिबिया ४१दशमलव ३ ओभरमा २ सय ३ रनमा अलआउट भएको थियो ।

नामिबियाका जान निकोल लफ्टी इटनले ४९ र मलान क्रुगरले ३९ रन बनाए । जान फ्रालिंकले ३४ रन जोडे ।
नेदरल्यान्ड्सका भिभियान किङ्माले ३ तथा आर्यन दत्त र रोएलफ भान डर मार्वेले २र२ विकेट लिए ।