देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सदनको अबरोध हटाउने बारे सभामुख र दलका प्रमुख सचेतकबीच छलफल

देशान्तर

काठमाडौँ । प्रतिनिधिसभा बैठकको अबरोध हटाउने बारे सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन् । शुक्रवार प्रतिनिधिसभा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको भनाभनका कारण प्रभावित भएपछि सभामुखले संवाद थालेका हुन् ।


बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबिच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेको डेढ घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन ।
बैठकमा एमालेले गत पुस १३ गते बालकुमारीमा २ युवा प्रहरीको गोलीबाट मारिएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । साथै सो छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । यस्तै अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किरातीको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि सरकारबाट हटाउन माग गर्दै आएको छ ।