देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद् सचिवालयका महासचिवको तीनवटा नागरिकताको विषय सदनमा

देशान्तर

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयको तीनवटा नागरिकताको विषय सदनमा उठाएको छ ।

बैठकमा बोल्दै माओवादी सांसद माधव सापकोटाले सो विषय उठान गरेका हुन् । यसैगरी उनले सभामुखको भुमिकामा पनि प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीलाई सभामुखले संक्षिप्तमा टुंग्याउनेगरी दिएको समय बीचमै रुलिङ गरेर रोकेको भन्दै कुन नियमावलीअनुसार गरेको भन्दै उनले प्रश्न उठाए ।
उनले संसद्मा नियमावली भन्दा हुटिङले चल्न थालेको भन्दै संसद्को गरिमा ध्वस्त हुँदै गएको बताए ।