देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साहसको “दार्जिलिङको रेल” सार्वजनिक काठमाडौँ 

देशान्तर

करिब दुई दशक देखी नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय रहेका चर्चित सङ्गीत संयोजक तथा सङ्गीत कर्मी साहस शाक्यले आजकाल गायकका रूपमा पनि आफूलाई स्थापित गराउने प्रयास गरिरहेका छन् । केही समय अगाडि सार्वजनिक भएको साहसको दसैँ गीत “फर्किन्छु यसपालि” र कोरोना कहरको समयमा सार्वजनिक भएको “मेरो विश्व मेरो घर” बोलको गीतले राम्रो चर्चा कमाएको थियो। त्यस्तै गरी उनको आफ्नै स्वर अनि सङ्गीत रहेको चलचित्र गोर्खेको टाइटल ट्र्याक “गोर्खे गोर्खे” बोलको रक जनराको गीतले पनि राम्रै चर्चा कमाएको थियो।

यो बेला भने साहसले आफ्नै शब्द ,सङ्गीत , सङ्गीत संयोजन अनि स्वरमा “दार्जिलिङको रेलै चढी” बोलको गीत उनको आफ्नै युट्युब च्यानल “साहस शाक्य अफिसियल” बाट सार्वजनिक गरेका छन् । सुदेश्ना इन्टरटेन्मेन्ट प्रा. ली. को प्रस्तुति रहेको गीतमा चन्द्र चौधरीले ध्वनि सम्पादन गरेका छन् भने गीतको रेकर्डिङ सुदेश्ना इन्टरटेन्मेन्ट प्रा. ली . र अकोस्टिक नेपाल एच डी स्टुडियो मा गरिएको हो सन्देश थापा ( चार्ली) को निर्देशनमा बनेको यो गीतमा सन्देश थापा, रिया क्षेत्री, विवश खत्री र रचना श्रेष्ठको अभिनय रहेको छ भने क्यामरा तथा सम्पादन दिवस धिताल को रहेको छ हाल सम्म २५०० भन्दा बढी गीत मा सङ्गीत संयोजन गरिसकेका साहसले थुप्रै चलचित्रका गीत अनि केही चलचित्रमा पार्श्व सङ्गीत समेत गरिसकेका छन् । विभिन्न विज्ञापन अनि एफ एम रेडियोको स्टेसन आइ डी समेत मा आफ्नो दक्षता प्रस्तुत गरिसकेका साहसले हाल सम्म दर्जनौँ अवार्ड अनि सम्मानहरू प्राप्त गरिसकेका छन् । नेपाली सङ्गीत क्षेत्रका थुप्रै गायक गायिकालाई स्थापित गराउन उनको सङ्गीत संयोजनले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

https://www.youtube.com/watch?v=NyVoGjRAVQ0