देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सम्पन्न -महासमिति बैठक समापनको विधि तय

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक केहिवेर अघि सम्पन्न भएको छ ।

बैठकमा महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनहरू सहजतापूर्वक निष्कर्षमा पुर्‍याउनेबारे छलफल भएको थियो । बैठकले महासमिति बैठक समापनको विधि तय गरेको छ ।

महासमितिको बन्द सत्रमा ७ प्रदेशका सभापतिले प्रदेशगत निष्कर्ष सुनाउने र त्यसलाई पार्टीको केन्द्रीय समितिको तर्फबाट उपसभापति पूर्ण बहादुर खड्काले सम्बोधन गरी बन्द सत्र टुङ्ग्याउने निर्णय बैठकले लिएको छ । यस्तै समापन समारोहमा पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई छोटो मन्तव्य व्यक्त गर्न दिने र पार्टी सभापति शेर बहादुर देउवाले अन्तिममा सम्बोधन गर्ने तय भएको छ ।