देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

देशान्तर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासामु जितका लागि १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै, कुशल मल्ल ३६, भीम सार्की २६, कुशल भुर्तेल १८ रनमा आउट हुँदा करण केसीले १२ रनको योगदान दिए ।

नामिबियाका लागि बर्नाड स्कोल्ट्ज र जन निकोल लोफ्टी इटनले समान चार–चार विकेट लिँदा जेरार्ड इराशमस र ज्याक ब्रसेलले समान एक–एक विकेट लिए ।

नामिबियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। यसअघि भएको खेलमा नामिबियाले नेपाललाई चार विकेट हराएको थियो ।