गोदावरी। नेपाली कांग्रेस महासमिति सदस्य एवं सम्बिधान सभा सदस्य उषा गुरुङले कोशीमा कांग्रेसको भागमा आएको मुख्यमन्त्री कांग्रेसले लिँदा केन्द्रीय नेतृत्वलाई किन टाउको दुखेको भन्दै प्रश्न गरेकी छन् । महामन्त्रीको प्रतिवेदनमा आएको कोशी प्रकरण आपत्तिजनक छ गुरुङले भनिन।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रतिवेदन माथीको छलफलमा बोल्दै उनले कांग्रेसको भागमा आएको मुख्यमन्त्री माओवादीलाई दिनेहरुलाई किन कारवाही गर्न नसकेको भन्दै प्रश्न गरिन् । उनले महामन्त्रीहरुको प्रतिवेदन पनि एक भएर आउन नसकेको भन्दै आलोचना गरिन् ।
नेपाली कांग्रेसको भागमा आएको मुख्यमन्त्री पद माओवादीलाई दिन खोज्नेहरुलाई किन कारवाही भएन ? प्रतिवेदन एक ठाउँमा अडिन सकेन? कोशीमा अहिले जे भयो राम्रो भएको छ – उनले भनिन् ।
उनले हारेकाहरुलाई मात्र पटक पटक पद दिने हो भने पार्टीभित्र न्याय र समानता कसरी हुन्छ भन्दै प्रश्न गरिन् ।
केन्द्रीय सदस्य पदमा मनोनित गर्नुछ भने महाधिवेशनमा भाग लिन नदिउँ न । केन्द्रीय समितिमा हार्ने अनि फेरि मनोनित ? यो मानमर्दन भयो न्याय अन्या छुट्याउनु पर्छ । यसको जवाफ दिनुपर्छ उनले भनिन् ।
उनले धर्म र जातको आगो लगाएर देश जलाउने काममा सांसद समेत रहेका केन्द्रीय सदस्यहरु लागि परेको भन्दै आक्रोश पोखिन् । उनले देश एकल जात र धर्मको मात्र नभएको स्मरण गराइन् । साथै कोशी प्रदेको नामकरणमा विषयमा पनि आपत्ति जनाईन् । उनले खोला र पहाड मात्र देश नभएको उल्लेख गरिन् ।
संविधान विरोधी नबनौं एकल धर्म र एकल जातिको देश हैन । केन्द्रीय सदस्यको नेतृत्वमा देशलाई जातिय धर्म द्वन्दमा लाने काम भएको छ । यसको विरोध छ। कोशीको नाम हतार हतार भएको छ । खोला पहाड मात्र देश हो र ? नामकरण गर्दा पहिचानलाई पनि स्वीकार गरिनु पर्छ- उनले भनिन् ।
प्रतिक्रिया