आज पनि तपाईं हामीले प्रयोग गर्दै आएको बन्चरो सायद मानव निर्मित पहिलो यन्त्र हुन सक्छ । यो यन्त्रले बल र गतिको माध्यमवाट आफूले चाहना राखेको सीमित कार्यमा सहयोग पु¥याउँदछ । तर मानव चाहना असीमित थियो, छ र रहन्छ । चाहे वैज्ञानिक तवरले मानव उत्पत्तिको विकासक्रमको सिद्धान्त आत्मसात् गरौं वा सनातन धर्म सापेक्ष ब्याख्या अनुसार भगवान्ले सिर्जना गरेको सिद्धान्तमा बहस गरौं, सत्य जे छ त्यो कुनै कालमा व्याख्या गर्दै थियो, छ वा हुनेछ भनेर भूत, वर्तमान वा भविष्य भन्नेमा रहँदैन, सत्यमात्र सत्य हुन्छ । सत्यको कालखण्ड हुँदैन । तर हामीले देखेको, भेटेको र बुझ्दै आएको यथार्थ मानिने कुरा के हो भने मानव जातिले पहिलो मेसिन सायद बन्चरो नै निर्माण ग¥योे होला ।
जे होस् यदि मानिसले भाला, खुकुरी वा बन्चरो जे पहिला हतियारको रूपमा विकास गरेर आफूलाई मेसिनमैत्री बनायो, त्यो मेसिनले मानव सभ्यताको विकासक्रम अगाडि नै पुर्याउन सफल बनायो । अघिल्लो आलेखमा यसलाई आजका दिनमा मेकानिकल इन्जिनियरिङको अध्ययनसँग जोडेर चर्चा गरिएको थियो ।
मेसिनको प्रयोग जहिले पनि मानिसको जीवनशैलीमा सहजताका लागि उपयोगीसिद्ध भएकै थियो तर मेसिनको विकासक्रम कति अगाडिसम्म मानिसको सहयोगी होला भन्ने एउटा विचारविमर्श गनैपर्ने विषयवस्तु पो हो कि भन्ने आलेखकारलाई लाग्छ ।
यद्यपि हामीले बुद्धिमत्तासाथ आफ्नो नियन्त्रणमा उपभोग गरिरहेका मेसिनहरू थप विकास गर्दै जाने क्रममा मेसिनलाई कति उत्कृष्ट बनाउँदै जान्छौ त्यो मानव बौद्धिकतामा नै निर्भर गर्ने कुरा हो । आवश्यकताअनुसार र हाम्रो क्षमताले सकेसम्म प्रविधिको सम्भावनालाई डो¥याउँदै जाने कुरा हो ।
हामी पिरामिड कसरी बन्यो होला भन्नेमा वैज्ञानिक बहस गर्न चाह्यौ भने फेरि भगवान् वा अहिलेको भाषामा एलियनको खोजी गर्ने बाध्यतातिर पुग्छौं ।
Large Hadron Collider (LHC)मा जसरी १९९८ देखि २००८ सम्म हजारौं वैज्ञानिक, सयौं विश्वविद्यालय तथा ल्याबरेटोरीहरूको संलग्नतामा European Organization for Nuclear Research (CERN) ले France र Switzerland को बोर्डरमा स्थापना गरी गरिएको अध्ययनबाट नामकरण गरिएको GOD PARTICLE jf QUANTUM PHYSICS
को प्रविधिले विज्ञानले आत्मसात् गर्न बाँकी नै छ भन्ने लेखकको बुझाइ छ ।
तर जे जसरी मेसिनको विकासक्रम अगाडि बढ्यो त्यसैले नै आजको मानव विकास सम्भव गराएको हो । आज तपाईं यस प्रकारका लेख पत्रिकामा मात्र होइन अन्य माध्यमबाट पनि पढिरहनुभएको छ, त्यो मेसिनकै कारण सम्भव भएको हो ।
त्यसकारण करोडौं शुक्राणुहरूको बीच लडाइँ गरेर जन्म लिनुपर्ने मानव भ्रूण चुनौती सामना गरेर जन्म लिएको सिर्जनशील प्राणी यो जगत्कै उत्कृष्ट हो भन्ने धेरैको बुझाइ छ र यति उत्कृष्ट प्राणीले सिर्जना गर्ने मेसिन पनि मानवहितमा रहनेछ । इन्जिनियरिङ भाषामा विषयगत सहजताका लागि हाम्रा अग्रजले हामीलाई पाठ्यक्रम विकास गरेकै छन् ।
यद्यपि ० र १ मात्रमा निर्भर कम्युटरको विकास सुरु भएको धेरै भएको छैन । १९४५ मा निर्माण सम्पन्न भएको ENIAC ले नै नया मेसिन निर्माण पद्धतिको सुरुवात गरेको हो । अगाडि विकास गरिएका मेसिनभन्दा कम्प्युटर प्रविधि (ALU) मा आधार बनाएर विकासक्रम सुरु भएको क्याल्कुलेटरले नै पाषाण युगको भाला, खुकुरी वा बन्चरोमा आधारित प्रविधिको युगान्तकारी परिवर्तन गर्न सहयोगी भूमिका निभायो र नयाँ इन्जिनियरिङ डाइमेन्सन सुरु भयो ।
तर आज जुन गतिमा मेसिन विकास भइरहेको छ त्यो अत्यन्त उच्च गतिमा छ । म्यानुअल, अटोमेटिक हुँदै एआई प्रविधिसम्म पुगिसकेको छ । विभिन्न डाटाहरू माइक्रोचिपमा लोड गरी मानिसको उपस्थिति बिना पनि दिइएका कामको जिम्मेवारी पूरा गर्ने स्वचालित मेसिननै अटोमेटिक मेसिन हो । म्यानुअल मेसिनले भन्दा जसरी अटोमेटिक मेसिनले जीवनशैली सहज बनायो एआईले त अत्यन्तै सहज बनाउने निश्चित भयो नै तर के मेसिन हामीले नै बनाएको हो र हाम्रै नियन्त्रणमा रहँला भन्ने चुनौती एआईको प्रयोगसँगै बढेको छ ।
John McCarthy जसले Alan Turing, Marvin Minsky, Allen Newell र Herbert सँग मिलेर जसरी एआईको पाद्र्रुभाव गरे त्यसले आज मौलाउने अवसर पाएको छ । एआई भनेको आर्टिफिसियल इन्टेलिजेन्स हो । मेसिन विशेष गरी कम्प्युटर प्रणालीहरूद्वरा मानव बुद्धिमत्ता प्रक्रियाहरूको सिमुलेसनलाई नै ए आई बुझ्नु पर्दछ । भनिन्छ धर्म रगतमा नै हुन्छ, आज अत्याधुनिक मेसिनको सहयोगले डीएनए परीक्षणमार्फत पितापुर्खाको अध्ययन गर्न सहज बनाइसकेको छ । विज्ञान सधैं प्रमाणित कुरामा मात्रै विश्वास राख्दछ ।
तर, QUANTUM PHYSICS
को प्रयोग मेसिन विकासमा भर्खरै मात्र आकर्षित हुँदैछ । यसको प्रयोग सर्वव्यापी हुँदै जाँदा अहिले भइरहेको विकासक्रमले ठूलो फड्को मार्ने निश्चित छ । यता अटोमेटिक मेसिनले जीवन सहज बनाएको भन्दा एआईको प्रयोगले मेसिन र मानवको विकासक्रमले अझ ठूलो फड्को मार्ने निश्चित छ ।
एआईसमेतको मेसिनको विकासक्रमले आज स्वास्थ्य उपचारमा अत्यधिक ठूलो सहयोग गरिरहेको छ भने भने यी मेसिनहरू सूचना प्राप्ति र सूचना प्रयोग गर्नका लागि निश्चत नियमहरू प्रयोग गर्दछन् ।
त्यसैगरी अनुमानित वा निश्चत निष्कर्षमा पुग्न निश्चित नियमहरू प्रयोग गर्छन् भने सिकाइका आधारमा आफूमा सुधारसमेत गर्न सक्दछन् । यो मेसिनले मेसिनकै काममा आधारित रहेर मेसिनलाई नै सुधार गर्न निश्चत नियमहरू आवधिक गर्न सक्नु नै एआईसँग चुनौती पनि छन् भन्ने आधार हो ।
प्राकृतिक भाषाको प्रशोधन, बोली र मुहारको पहिचान एआईबाटै सम्भव भएको हो । एआईका विषयमा आउँदो आलेखमा थप चर्चा गर्नेछौं । क्रमश…
प्रतिक्रिया