काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७० पैसा रहेको छ ।
आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।
प्रतिक्रिया