देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेनुकालाई राष्ट्रपतिको सम्मान

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘इन्डियन आइडल– सिजन १४’को उत्कृष्ट १० मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई बधाई दिँदै सम्मान गरेका हुन् ।

सम्मानपछि पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताए । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको सान र गौरव बढाउने उनको भनाइ थियो । मेनुका माघ २१ गते ‘इन्डियन आइडल– सिजन १४’ बाट बाहिरिएकी थिइन् ।