देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानडाविरुद्धको खेलमा नेपालका अनिल शाहको शतक प्रहार

देशान्तर

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपालका अनिल शाहले शतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरेका हुन् ।  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिलको यो पहिलो शतक हो । नेपालबाट हाल क्रिजमा रहेका अनिलसँगै भीम सार्की ९७ रनमा खेलिरहेका छन् । यी दुईले हालसम्म दोस्रो विकेटका लागि कीर्तिमानी १७७ रनको साझेदारी गरिसकेका छन् ।