देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निमित्त उपकुलपतिले गरेका नियुक्तिबारे स्पष्टीकरण माग्ने

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति शिवलाल भुसालले गरेका पदाधिकारी नियुक्तिलाई लिएर संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्पष्टीकरण माग्ने भएको छ । समितिको सोमबारको बैठकले निमित्त उपकुलपतिको हैसियतले १० जना पदाधिकारी नियुक्त गरेको विषयमा भुसाललाई स्पष्टीकरणका लागि झिकाउने निर्णय गरेको छ ।

भुसालले निमिक्तको क्षेत्राधिकार बाहिर गएर सहायक डिन, तीन विभागीय प्रमुख र ६ क्याम्पस प्रमुख नियुक्त गरेको समितिको ठहर छ । सोमबारको समिति बैठकमा अधिकांश सांसदहरूले भुसालले गरेका पछिल्ला सबै नियुक्ति खारेजी गर्न माग गरेका थिए । तर, निमित्तको हैसियतमा उनले हालसम्म सबै कामकाजको विवरण माग गरी समिति बैठकमा भुसाललाई नै झिकाएर स्पष्टीकरण सोध्ने निर्णय समिति सभापति भानुभक्त जोशीले सुनाएका थिए ।