देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसबाट धोका भएकाले गठबन्धनमा समीक्षा हुन्छ : प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताएका हुन् ।  कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए । 

उनले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका हुन् । यद्यपि उनले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकलाई बताएका थिए । अहिले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पर्ने अवस्थासहित विभिन्न परिस्थितिले नयाँ गठबन्धन बनाउने अवस्थामा नपुगेको उनको भनाइ थियो  ।  उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए ।