देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानडाविरुद्ध अनिल शाहको अर्धशतक

देशान्तर

काठमाडौँ। अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । यस अघि दोस्रो खेलमा पनि उनले अर्धशतक बनाएका थिए । 

त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि उनको यो दोस्रो अर्धशतक हो । यो समाचार तयार गरुन्जेल नेपालले १५ ओभरमा एक विकेट गुमाएर ८३ रन बनाएको छ ।