देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्रम्हाण्डीय महायज्ञलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्ने

देशान्तर

काठमाडौं । आगामी फागुन ९ गतेदेखि २३ गते सम्म बागलुङ नगरपालिका वडा नं. ६ को पञ्चकोटमा आयोजना हुन लागेको ब्रम्हाण्डीय महायज्ञलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्ने भएको छ भने सबैलाई सहयोगको आह्वान गर्ने निर्णय पनि गरेको छ ।
मन्त्री सरस्वती अर्याल तिवारीका अनुसार १ सय ८ फिट अग्लो कलश निर्माणसहित धार्मिक महत््वका क्रियाकलाप र संरचना निर्माणकालागि हुन लागेको ब्रम्हाण्डीय महायज्ञ स्थलमै सोमवार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । महायज्ञको प्रचार प्रसार तथा सहयोगका लागि मन्त्रिपरिषद बैठक महायज्ञ स्थलमै पुगेर बसेको हो । महायज्ञ लक्षित गरेर पञ्चधातु मिसाइएको ५ हजार ५ सय ५५ किलोको ‘महाघण्टी’ नामको घण्टी बनाएर लगिएको छ । महायज्ञ स्थलमा हनुमानको मुर्ति , गरुढ शिला, पञ्चलक्ष्मी मन्दिर र गण्डकी माताको मन्दिर, लगायत निर्माण भैसकेको छ ।२०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बन्नलागेका संरचनाको शिलान्यास गरेका थिए । त्यसपछि ५० करोड बढीका संरचना बनेका हुन् ।


सोमबारको मन्त्रिपरिषद बैठकले बैठकले क्यान्सर र ब्रेन ट्युमर भएका ७० जना बिरामीका लागि विशेष आर्थिक सहयोग गर्ने र मनाङको नासो गाउँपालिकाको वडा सिमाना संशोधनका लागि संघ सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । बैठकले समपुरक तथा बिशेष अनुदान अन्र्तगत ८ वटा आयोजना संचालन गर्न नेपाल सरकार मार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय पनि गरेको छ । यस्तै गण्डकी प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशिका २०८० स्वीकृत गर्ने, गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक २०८० गण्डकी प्रदेश सभामा पेश गर्ने , गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०लाई पनि सभामा पेस गर्न स्वीकृति दिने लगायतका निर्णय पनि बैठकले गरेको छ ।