देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

देशान्तर

काठमाडौँ। क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए ।

त्यसैगरी हर्ष ठकेरले २९,  श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए ।