देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गरौँ : जितेन्द्रनारायण देव

देशान्तर

काठमाडौं। प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकताको महसुस गरेकाले सोहीअनुसारको व्यवस्ता गर्नुपर्ने बताए । 


गठबन्धनको राजनीति र यसले बढाएको भ्रष्टाचार नियन्त्रणमा विकल्पमा रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै रहेको उनको भनाइ छ ।  एउटाले काम गर्दा अर्काेले खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै उनले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ । गठबन्धनले भ्रष्टाचार बढायो । एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ । त्यस कारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्ने गरी संविधानमा संशोधन गर्ने हो की । जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन् । आजको राष्ट्रिय परिस्थिति अत्यन्त चुनौतीपूर्ण छ । अत्यन्त गम्भीर छ । सङ्कटपूर्ण छ । हामी जजसले जुन जुन राजनीतिक शक्तिहरू मिलेर आजको यो संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेर समाजवादतिर उन्मुख हुने प्रतिबद्धता जाहेर गरेका छौँ । ती सम्पूर्ण राजनीतिक शक्तिहरूका लागि एउटा ठुलो चुनौतीको पहाड अघि खडा छ । व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ ।’
उनले यो वा त्यो पार्टी भन्दा पनि व्यवस्थाप्रति जिम्मेवार रहन आग्रह गरे ।