देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्णिमा र देवराजको “तिमी र म”सार्वजनिक

देशान्तर

काठमाडौँ । चर्चित गायिका पूर्णिमा लामा र देवराज आचार्य को संयुक्त आवाजमा आधुनिक गीत “तिमी र म”सार्वजनिक भएको छ । छोटो समयमै नेपाली गीत सङ्गीत क्षेत्रमा सर्वाधिक चर्चाको शिखर चुम्न सफल गायिका लामा नेपाली गीत सङ्गीत क्षेत्रको एक सुरिलो स्वरकी धनी हुन् ।

झन्डै चार सय गीतमा आवाज भरी सकेकी गायिका लामा र उदाउँदै गरेका बहुप्रतिभाशाली कलाकार आचार्यको संयुक्त आवाजमा युनिक मिडिया युट्युब च्यानल बाट सार्वजनिक गरिएको उक्त गीतमा वरिष्ठ सङ्गीतकार शक्ति वल्लव को सङ्गीत रहेको छ भने शब्द हिक्मत बुढाथोकी (प्रेम) को रहेको छ । सङ्गीत संयोजन राकेश सोनीले गरेका हुन् । गायक आचार्य , मिना सुवेदी, गङ्गादेवी ढुङ्गाना को अभिनय रहेको गीतको छायाङ्कन रेशम दर्लामिले गरेका हुन भने दृश्य सम्पादन पदम सुबेदीले गरेका छन् ।