देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजदेखि

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमटिी बैठक आजदेखि बस्दैछ । पार्टीको पहिलो विधान अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन् ।

बैठक शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । पार्टीको विधान अधिवेशनका विषयमा छलफल गर्न शुक्रबारदेखि स्थानीय कमिटीको बैठक बस्न लागेको सचिव गणेश साहले जानकारी दिए ।

विधान अधिवेशनका लागि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने उनले बताए । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

सोही बैठकपछि स्थायी कमिटीमा छलफल गरेर विधान अधिवेशनको तयारीलाई टुंगोमा पु¥याउने माओवादी केन्द्रको तयारी छ ।

माओवादी केन्द्रले फागुनको १ देखि ३ गतेसमम्म विधान सम्मेलन गर्ने मिति तोकेको छ ।