देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा निर्वाचनः इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले

देशान्तर

इस्लामबाद, । जेलमा रहेका पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् ।

पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पुर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन । पूर्व प्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्र मार्फत मतदान गरेका सो मिडियाले जनाएको छ ।


हुलाक मार्फत मतदान गर्ने अन्य राजनीतिक नेताहरूमा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी, पञ्जाबका पूर्व मुख्यमन्त्री चौधरी परवेज इलाही, अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद र पूर्व सूचना मन्त्री फवाद चौधरीसमेत रहेका छन । तर, हुलाक भोटिङ प्रक्रिया पूरा भएको अवस्था खानकी श्रीमती बुशरा बिबी दोषी ठहर भई पक्राउ परे पछि मतदानमा सहभागी हुन कानुनतः पाइनन् ।