देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारीमार्फत ठगीमा संलग्नलाई कारबाही गर्नुपर्छ : गगन थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमार्फत ठगीमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् । 


बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सहकारीमार्फत् ठगी गर्ने जतिसुकै शक्तिशाली भए पनि दण्डित गर्नुपर्ने बताएका हुन् । उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । 


सरकार पूर्वाग्रही हुन नहुने भन्दै उनले सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने बताए ।