देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूर्योदय निकोन फिल्म महोत्सवको शीर्ष ५० मा -भोटका लागि अपिल 

देशान्तर

काठमाडौँ । केही समय अघि संसद् भवन अगाडी आत्मदाह गरेका इलामका प्रेम आचार्यको कथामा आधारित भिडियो सूर्योदय  फ्रान्सको प्रतिष्ठित  निकोन फिल्म महोत्सवमा अडियन्स च्वाइस अवार्डमा छनौट भएको छ । २७७२ आवेदन मध्य सूर्योदय शीर्ष ५० मा  परेको हो ।

सूर्योदय निकोन फिल्म महोत्सवमा छनौट भएर शीर्ष ५० मा   परे पछि यसको समूहले भोटका लागि अपिल गरेको छ । सूर्योदय नेपालमा भएको सत्य घटनामा आधारित कथालाई नेपाल बाहिर पुराउने र आशाको सन्देश दिने उद्देश्यले महोत्सवमा दर्ता गरेको निर्देशक आन्ना डुलुसले बताएकी छन् । 

तीन साता अगाडी रिलिज भएको भिडियो करिब एक साता युटयुवको ट्रेण्डिङमा रहेको थियो । भिडियोमा जेएलसन अधिकारी प्रमुख पात्र रहेका छन् । उनी सँगै सुरभि सापकोटा, जयन्ता अधिकारी, अभिषेक ,शरद न्यौपाने लगाएतको अभिनय रहेको छ । आन्ना डुलुस र उत्साह जोशीको कथा र अवधारणामा युनिक पोइटको शब्दमा बनेको भिडियोमा युनिक पोइट र प्रकृति बस्नेत भट्टराईको आवाज रहेको छ । समूहले सूर्योदयलाई धेरै भन्दा धेरै अनलाइन भोट गर्नका लागि नेपाली दर्शकलाई अनुरोध गरेको छ । www.festivalnikon.fr/en/video/2023/3047 मा गएर अनलाइन भोट गर्न सकिने निर्देशक डुलुसले जानकारी दिएकी छन् ।