काठमाडौँ । केही समय अघि संसद् भवन अगाडी आत्मदाह गरेका इलामका प्रेम आचार्यको कथामा आधारित भिडियो सूर्योदय फ्रान्सको प्रतिष्ठित निकोन फिल्म महोत्सवमा अडियन्स च्वाइस अवार्डमा छनौट भएको छ । २७७२ आवेदन मध्य सूर्योदय शीर्ष ५० मा परेको हो ।
सूर्योदय निकोन फिल्म महोत्सवमा छनौट भएर शीर्ष ५० मा परे पछि यसको समूहले भोटका लागि अपिल गरेको छ । सूर्योदय नेपालमा भएको सत्य घटनामा आधारित कथालाई नेपाल बाहिर पुराउने र आशाको सन्देश दिने उद्देश्यले महोत्सवमा दर्ता गरेको निर्देशक आन्ना डुलुसले बताएकी छन् ।
तीन साता अगाडी रिलिज भएको भिडियो करिब एक साता युटयुवको ट्रेण्डिङमा रहेको थियो । भिडियोमा जेएलसन अधिकारी प्रमुख पात्र रहेका छन् । उनी सँगै सुरभि सापकोटा, जयन्ता अधिकारी, अभिषेक ,शरद न्यौपाने लगाएतको अभिनय रहेको छ । आन्ना डुलुस र उत्साह जोशीको कथा र अवधारणामा युनिक पोइटको शब्दमा बनेको भिडियोमा युनिक पोइट र प्रकृति बस्नेत भट्टराईको आवाज रहेको छ । समूहले सूर्योदयलाई धेरै भन्दा धेरै अनलाइन भोट गर्नका लागि नेपाली दर्शकलाई अनुरोध गरेको छ । www.festivalnikon.fr/en/video/2023/3047 मा गएर अनलाइन भोट गर्न सकिने निर्देशक डुलुसले जानकारी दिएकी छन् ।
प्रतिक्रिया