काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्प्सनले शिष्टाचार भेट गरेका छन् । बालेनको कार्यकक्षमा भएको भेटघाटमा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो ।
भेटमा बालेनले सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने बताएको महनगरले जनाएको छ ।
भेटका क्रममा राजदूत थम्प्सनले सिर्जनात्मक कार्यक्रमहरूका लागि अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताए । राजदूतले थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।
प्रतिक्रिया