काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको छ । सोमबार सम्पन्न पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको हो । बैठकले पार्टी नेताहरूको उमेर हद नराख्ने भएको छ ।
त्यस्तै प्रदेश कमिटीको सङ्ख्या ७५ देखि ९९ सम्म हुने र प्रदेश कमिटीको पदाधिकारीको सङ्ख्या ७ हुने विधानमा व्यवस्था गरेको छ । जिल्ला कमिटी ५५ सदस्यीय बनाउने भएको छ । तर एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा ३ महिला थपिने छन् ।
त्यस्तै पालिका कमिटीको सङ्ख्या ४५ बनाउने परिषद् बैठकले पारित गरेको छ । तर ५ भन्दा बढी वडा भएका पालिकामा प्रत्येक वडाबाट २ जना थप्ने निर्णय पारित भएको छ ।
प्रतिक्रिया