काठमाडौँ । मेडिकल व्यवसायी एबं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले पुर्व राजा ज्ञानेन्द्र शाह संग भेट गरेका छन् । सोमबार सिमरामा भेटवार्ता गरेका प्रसाईले देशले छिट्टै निकास पाउने बताएका पनि बताएका छन् ।
उनले सामाजिक फेशबुकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकार संगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । धैर्य गर्नुहोला ।’
उनले आफूलाई पूर्वराजाको सधैँ समर्थन रहेको जिकिर गर्दै आगामी फागुनमा हुने आन्दोलनमा पनि साथ रहने दाबी गरेका छन् । प्रसाईंले फागुन १ देखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गर्दा राप्रपाले पनि फागुन नै छुट्टै आन्दोलन गर्ने तयारी गरेको छ । हिजोमात्रै प्रसाईंले अभिनेत्री मनिषा कोइरालासँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया