काठमाडौं । नेपाली कांंग्रेका सांसद प्रदीप पौडेलले सञ्चारको चौतर्फी विकास गर्ने भए मिडिया सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्ने बताएका छन् । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै उनले सरकारी मिडियाले सरकारको जजमान मात्र गर्ने भए अस्तित्व संकटमा आउने बताए हुन् । उनले विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताए । साथै उनले विधेयकले परम्परागत मिडियालाई मात्र अघि बढाएको र डिजिटल मिडियालाई समेट्न नसकेको उल्लेख गरे ।
नेकपा एमालेका सांसद रघुजी पन्तले आर्थिक मन्दीको मारमा मिडिया परेको बताए उनले विज्ञापन घट्दा मिडिया समस्यामा परेकोले यसलाई समेटेर सरकारले नीति नियम बनाउनुपर्ने धारणा राखे । पन्तले सार्वजनिक सेवा प्रशारण विधेयकले अहिलेको डिजिटल र न्यू मिडियालाई सम्बोधन नगरेको पनि बताए । उनले आजको मिडिया र यसको चुनौती बुझेर विधेयक ल्याउन आग्रह गरे ।
प्रतिक्रिया