देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालक साकर डाँगीको उपचार सहयोगका लागि परिवारको याचना

देशान्तर

काठमाडौँ । कलाकार दिनेश डाँगीको ८ वर्षको छोरा साकार डाँगीको उपचारको लागि परिवारले सहयोगको याचना गरेका छन् । शारदा नगर पालिका सल्यान घर भई हाल काठमाडौँमा डिएस फिल्म मार्फत म्युजिक भिडियो उत्पादन र अभिनय गर्दै आएका दिनेशका छोरा साकर विगत केही वर्ष देखि कलेजो, फियो र  रक्तसञ्चारको समस्याबाट पीडित  थिए । उनको पहिले अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा र  अहिले किष्ट अस्पतालमा उपचार भइरहेको छ । 

 

आउँदो २२ गते उनको शल्यक्रिया हुँदै छ । तर हालसम्म उपचार गर्दा दश लाख बढी सकी सकेको र अब शल्यक्रियाका लागि त्यो भन्दा दोब्बर रकम खर्च हुने भएकोले सहयोग गरिदिन दिनेशले सबैमा अपिल गरेका छन् । ‘लामो समयदेखि कलाकारितामा छु छोरोलाई यति ठुलो रोग लाग्दा सकेसम्म उपचार गरिरहे कसैलाई भनिन तर अहिले छोराको जीवनदानका लागि याचना गर्दै छु’ दिनेशले भने ।  ‘सामाजिक सञ्जाल मार्फत अपिल गर्दा चिनजानका सहयोगीहरूले केही सहयोग गरे पनि शल्यक्रियाका लागि ठुलो रकम चाहिने भएकोले चिन्तित छु ’ दिनेशले देशान्तर सँग भने -‘सक्दो सहयोग गरिदिनु होला’ । सहयोगी मनहरूले सम्झना कुमारी माझीको सानिमा बैङ्कको जोरपाटी शाखामा रहेको ०४७०११०९०००२७७२ मा वा दिनेश डाँगीको नाममा राष्ट्रिय बाणिज्य बैंक बत्तिस पुतली काठमाण्डौ शाखामा रहेको खाता नं.१३४०१०००३५४३४०१० मा सहयोग रकम जम्मा गरिदिन उनले आग्रह गरेका छन् ।  

दिनेशले ‘मेरो माया फिलिमको हिरो‘, ‘ब्युटी ब्युटी‘ ,  ‘दुख पाको छु‘,  ‘मुगलान‘,  ‘दुई आत्मालाई‘ लगायतका बोलका गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।