देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्ट्याउन हुदैन : उपकुलपति बस्नेत

देशान्तर

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्ट्याउन नहुने बताएका छन् । सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधन गर्न खोजिएकामा आफूहरूको असहमति रहेको बताए । सो संशोधनले विशेषज्ञ चिकित्सक उत्पादनमा प्रत्यक्ष असर गर्ने उनको भनाइ छ ।
उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर छुट्टिँदा नेपालमा एमडीएमएसको सबैभन्दा धेरै विज्ञ निकाल्ने संस्थालाई नै असर पर्ने बताए । बैठकमा नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल हुनु नहुने भनाई राखेका थिए ।

समितिको बैठकमा बोल्दै उनले न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रीय अस्पताल कुन हो ? भन्दै प्रश्न गरे । उनले यो विधेयक असाध्यै स्पष्ट ढङ्गले ल्याएको र विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रीय अस्पतालका रूपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको देखिने बताए ।
समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले लामो समयसम्म पनि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानले किन एमबीबीएसको पढाई सुरु गर्न सकिरहेको छैन ? भन्दै प्रश्न गरे । उनले प्रतिष्ठानले आफैँ स्वायत्त ढङ्गले काम गर्न नसक्दा प्रगति हुन नसकेको हो ? भन्ने प्रश्न गरे । सांसद परियारले वीर अस्पताल केन्द्रीय अस्पताल नै रहनुपर्ने बताए ।