गुडविल फाइनान्सको साधारण सभा सोमबार बिहान ११ बजे बस्दैछ ।
यसअघि स्थगित भएको सभा आज गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।जसकारण सेयरधनीहरुको हात खाली हुने छ । कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया